काठमाडौं । निषेधाज्ञाका बेला जुवा खेलिरहेको अवस्थामा १५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
शुक्रबार दिउँसो काठमाडौंको न्युरोडस्थित पिपल बोट नजिकैको एक घरमा जुवा खेलिरहेको अवस्थामा १५ जनालाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरूलाई महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए।
उनीहरूबाट १३ लाख भन्दाबढी रकम समेत बरामद गरिएको उनले बताए ।
निषेधाज्ञाको समयमा जुवातास खेलिरहेको छ भन्ने सूचना पाएपछि प्रहरीको टोली खटिएको थियो। सो टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
