• बिहिबार, साउन १४ २०८३

शुक्रबार थप ६ हजार ६ सय ५३ मा कोरोना संक्रमण, १०१ को मृत्यु


शुक्रबार, जेष्ठ २१ २०७८
835
Shares

काठमाडौं । शुक्रबार नेपालमा थप ६ हजार ६ सय ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न ९३ वटा प्रयोगशालामा गरिएको २० हजार ८ सय १३ परीक्षण मध्ये १४ हजार १ सय ८२ जनाको पिसिआर परीक्षणबाट ४ हजार ६ सय २४ जना र ६ हजार ६ सय ३१ एन्टीजेटमार्फत २ हजार २९ जना संक्रमित पुष्टि भएका हुन्।

पछिल्लो २४ घण्टामा देशभर १०१ जना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ हजार ७ सय ३१ पुगेको छ।

आज ८ हजार ६ सय ६३ जना संक्रमित निको भएका छन्। यो सँगै ४ लाख ७६ हजार १ सय ३० जना निको भइसकेका छन्। मन्त्रालयका अनुसार आज देशभर ९७ हजार ६ सय ९९ जना संक्रमित रहेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार