• सोमबार, असोज १२ २०८३

कोरोना संक्रमित श्रीमतीको उपचार नगरिदिएको भन्दै स्वास्थ्यकर्मीमाथि कुटपिट


शुक्रबार, जेष्ठ २१ २०७८
1.1K
Shares

कोरोना संक्रमित श्रीमतीको उपचार नगरिदिएको भन्दै हुम्लामा एक जना स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ।

शुक्रबार बिहान करिब साढे ८ बजे चंखेली गाउँपालिकाका स्वास्थ्य संयोजक कालीबहादुर बुढामाथि कुटपिट भएको हो। उनीमाथि स्थानीय अमृत रोकायले कुटपिट गरेका हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माका अनुसार रोकाय शिक्षकसमेत हुन्। उनी गौरिशंखर प्राथमिक विद्यालयमा पढाउँछन्।

रोकायकी श्रीमती अहिले कोरोना संक्रमित छन्। संक्रमित श्रीमतीको उपचार नगरेको भन्दै कुटपिट गरेको डिएसपी शर्माले बताए।

‘उहाँको श्रीमतीचाहिँ कोरोना पोजिटिभ हुनुभएको रहेछ। त्यसपछि दिनदिनै मेरी श्रीमतीको हेरचाह गरिदिनु भएन भनेर झोक्किएर आएर दुर्व्यवहार गर्‍यो भनेका छन्,’ उनले भने।

उक्त गाउँ पुग्न प्रहरी कार्यालयबाट दुई घन्टा पैदल हिँड्नुपर्छ। घटनापछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको टोली खटाइएको छ। कुटपिट भए पनि घाइते नभएको प्रहरीले जनाएको छ।

अहिलेको गम्भीरतालाई मध्यनजरमा राख्दै रोकायलाई कारबाही गर्ने डिएसपी शर्माले बताए। यद्यपी उनी पक्राउ परिसकेका छैनन्। प्रहरीले यस घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार