• सोमबार, असोज १२ २०८३

कोरोनाबाट एउटै नगरपालिकाका दुई वडा अध्यक्षको मृत्यु


शुक्रबार, जेष्ठ २१ २०७८
865
Shares


कोरोना संक्रमणबाट रौतहटमा एउटै नगरपालिकाका दुई वडा अध्यक्षको मृत्यु भएको छ ।

रौतहटको गरुडा नगरपालिका वडा —२ गेडहीका वड़ा अध्यक्ष विष्णु देव सहनीको गएराति उपचारको क्रममा मृत्यु भएको हो ।

उनलाई संक्रमण पुष्टि भएपछि विगत १ महिनादेखि काठमाडौंमा उपचाररत थिए ।

यसअघि पनि जेठ ३ गते गरुडा नगरपालिका वडा न. ७ का वडा अध्यक्ष राम ईश्वर राय यादवको मृत्यु भएको थियो ।

कोरोना संक्रमण पुष्टि भएपछि थप उपचारका लागि काठमाडौं गएका ५५ वर्षीय यादवको स्वास्थ्य झन जटिल बनेको र उनको निधन भएको गरुडा नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत मुस्ताक आलविष्णस देवमले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार