• बिहिबार, साउन १४ २०८३

गोरखा नगरपालिकामा २ सय ९६ जना कोरोना मुक्त, दुई को मृत्यु


बिहिबार, जेष्ठ २० २०७८
635
Shares


गोरखा । गोरखा नगरपालिकामा आज (बिहीबार) थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखराबाट प्राप्त पिसिआर रिर्पोट अनुसार आज थप सात जनामा संक्रमण पुष्टि भएको हो ।

नगरपालिकाका जनस्वास्थ्य निरीक्षक निश्चल अर्यालका अनुसार जेठ १८ गते १९ जनाको पिसिआर प्रयोगशालामा पठाएको मध्ये उक्त संक्रमित थपिएको बताए ।

संक्रमित मध्ये एक जना वडा नम्बर ९ का र अन्य सबै ८का रहेको जनस्वास्थ्य निरीक्षक अर्यालले जानकारी दिए ।

नगरपालिकामा ३ सय ७० संक्रमित मध्ये २ सय ९६ जना कोरोना मुक्त भएर घर फर्कि सकेका छन् भने ७२ जना होम आइसोलेसनमा रहेका छन् । दुई जनाको भने संक्रमणबाट मुत्यु भई सकेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार