गोरखा । कोरोना संक्रमणका कारण गोरखाका थप दुई जनाको मृत्यु भएको छ ।
बारपाक सुलीकोटका एक र गोरखा नगरपालिकाका एक गरी थप दुई जनाको मृत्यु भएको हो ।


गोरखा नगरपालिका ११ का ५० बर्षका पुरुषको उपचारको क्रममा आज चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।
दुई साता अघि संक्रमण पुष्टि भएको उनलाई जेठ १ गते थप उपचारका लागी गोरखा अस्पतालबाट मेडिकल कलेजमा रिफर गरिएको थियो ।
त्यस्तै बारपाक सुलीकोट गाउँपालिका २ का ६३ बर्षका वृद्धको पनि गए राती मृत्यु भएको छ ।

कोरोना कारण काठमाडौँको अस्पताल भर्ना भएका उनलाई थप उपचार रोकेर अस्पतालले बुधबार घरमा पठाएको थियो ।
उनको बारपाकस्थित आफ्नै घरमा मृत्यु भएको गाँउपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
