• बिहिबार, साउन १४ २०८३

बिहीबार थपिए ६ हजार ८ सय २५ जना कोरोना संक्रमित, ७५ को मृत्यु


बिहिबार, जेष्ठ २० २०७८
615
Shares

काठमाडौं । बिहीबार ६ हजार ८ सय २५ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा कोरोनाबाट निको हुनेको संख्या ५ हजार ९ सय ४ छ।

२१ हजार सात सय ७३ जनामा परीक्षण गर्दा बिहीबार उक्त संख्यामा नयाँ कोरोना संक्रमित थपिएका हुन्।

कोरोनाबाट पछिल्लो २४ घण्टामा ७५ जनाको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

योसँगै अहिलेसम्म कोरोनाबाट नेपालमा सात हजार छ सय ३० जनाको मृत्यु भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार