• सोमबार, असोज १२ २०८३

भियतनाममा देखिएको कोरोना ‘हाइब्रिड’ भेरियन्ट होइन : डब्लुएचओ


बिहिबार, जेष्ठ २० २०७८
580
Shares


काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले दक्षिण पूर्वी एसियाली मुलुक भियतनाममा देखिएको कोरोना ‘हाइब्रिड’ भेरियन्ट नभएको बताएको छ।

जापानी समाचार पत्र निक्कीसँग कुरा गर्दै भियतनामस्थित डब्लुएचओका प्रतिनिधिले यो भाइरस भारतमै भेटिएको डेल्टा भेरियन्टको प्रकार भएको बताएका छन्।

‘डब्लुएचको परिभाषाअनुसार अहिले भियतनाममा कोरोनाको कुनै हाइब्रिड भेरियन्ट छैन,’ डब्लुएचओका भियतनाम प्रतिनिधि किदोङ पार्कले भने।

यसअघि भियतनामका अधिकारीहरूले आफ्नो देशमा इन्डियन र युके भेरियन्ट दुबैको विशेषता भएको नयाँ भेरियन्ट फेला परेको बताएका थिए।

भियतनामका स्वास्थ्य मन्त्री एनगुयन थान्ह लोङले उक्त भेरियन्टमा इन्डियन भेरियन्टजस्तो तीव्र म्युटेसन हुने र युके भेरियन्टजस्तो बढी घातक हुने दुबै विशेषता रहेको बताए।

यो भेरियन्टको हावाका माध्यमबाट छिटो फैलिने भएकाले निकै खतरनाक रहेको उनले बताए। खुला ठाउँमा पनि हावाबाट फैलिने हो कि बन्द कोठाभित्र फैलिने हो भन्नेबारे उनले केही खुलाएनन्।

कोरोना फैलिएपछि सोमबारदेखि हो ची मिन्ह सहरमा दुई हप्ताका लागि सामाजिक दूरी कायम गर्नु पर्ने नियम लगाइएको छ। यही बेला सरकारले सबै नागरिकको कोरोना परीक्षण गर्न लागेको हो।

सहरमा १०० भन्दा बढी नयाँ संक्रमित फेला परेपछि यस्तो निर्णय गरिएको हो।एजेन्सी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार