• सोमबार, असोज १२ २०८३

सुशासन प्रर्वद्धनका लागि गोरखाका युवाहरुलाइ तालिम


बिहिबार, जेष्ठ २० २०७८
850
Shares

गोरखा । सुशासन प्रवद्र्धनका लागि गोरखाका युवाहरुलाइ तालिम दिइएका छ । गोरखाका विभिन्न संस्थाहरुमा आबद्ध २२ जना युवाहरुलाइ सुशासन प्रर्बद्धन, विकास निर्माण, निर्वाचन लगायतमा युवासहभागिता सम्बन्धि भर्चुअल तालिम सम्पन्न भएको हो ।

सुशासनका लागि युवा परियोजना अन्तर्गत यु एस ए आइडि र इन्टरनेशनल फाउनडेशन फर इलेक्ट्रोल सिस्टम (आइफेस) को आर्थिक तथा प्राविधिक सहयोग र नेपाल युवा संस्था सञ्जाल (आयोन) को आयोजनामा ३ दिने भर्चुअल तालिम सम्पन्न भएको हो ।

उत्थानशिलता क्षमताको विकास, समावेशी लोकतान्त्रिक प्रकृया, पत्र लेखन, पैरवी, बैठकको योजना तथा ब्यवश्थापन, आत्म समिक्षा, ब्यक्तिगत लक्ष्य निर्धारण, सामुदायिक परिचालन क्रियाकलाप लगायतका ८ वटा मोड्युलमा रहेर सहभागिहरुलाइ तालिम दिइएको तालिममा सहभागि अबिन श्रेष्ठले बताए ।

तालिममा कोभिड १९ र यसमा भोगेका चुनौती, समावेशी लोकतन्त्र, विकास निर्माणमा युवाको अर्थपुर्ण सहभागिता र महत्व, आगामी निर्वाचनको मतदान प्रक्रियामा युवाको सहभागिता र भुमिका, मतदाता शिक्षामा युवाको भुमिका, पैरवी का लागि सवाल पहिचान, पैरवीका तरिका र माध्यमहरु, योजना तर्जुमा र छनोट प्रक्रियामा युवाको सहभागिता, कानुन तथा नीति निर्माणमा युवा सहभागिता बारेमा तालिममा विस्तृत छलफल गरिएको उनले जानकारी दिए ।

३ दिनसम्म चलेको भर्चुअल तालिममा गोरखाका विभिन्न संस्थाहरुमा आबद्ध २२ जना सक्रिय युवाहरुको सहभागिता रहेको थियो ।
भने तालिममा आयोनका विकल राइ, खिमानन्द देवकोटा, हरी देवकोटा र अशोक खनाल ले सहजिकरण गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार