• सोमबार, असोज १२ २०८३

शुक्र ग्रहमा अन्तरिक्ष यान पठाउन नासाले गर्‍यो दुई मिसनको घोषणा


बिहिबार, जेष्ठ २० २०७८
920
Shares

एजेन्सी । संयुक्त राज्य अमेरिकाको अन्तरिक्ष संस्था नासाले शुक्र ग्रह (भेनस)मा अन्तरिक्ष पठाउन दुई वटा नयाँ मिसन घोषणा गरेको छ।

पृथ्वीको सबैभन्दा नजिक रहेको शुक्र ग्रहबारे अध्ययन गर्न नासाले दुई वटा मिसनको घोषणा गरेको हो। मिसनले शुक्र ग्रह कसरी धेरै तातो छ भन्ने बुझ्ने उद्देश्य राखेको नासाले जनाएको छ। यो ग्रह सौर्यमण्डलकै सबैभन्दा तातो भए पनि यसमा पृथ्वीसँग मिल्ने धेरै विशेषता छन्।

नासाले यी मिसन २०२८ र २०३०मा लन्च गर्ने योजना बनाएको छ। प्रत्येक मिसनका लागि नासाले ५० करोड अमेरिकी डलर छुट्याएको छ।

मिसनको नाम डिएभिआइएनसीआइ र भिइआरआइटिएएस राखिएको छ। गत फेब्रुअरीमा नासाले एजेन्सी डिस्कभरी २०१९ प्रतियोगिताबाट मिसनका लागि चार वटा अवधारण छानेको थियो।

त्यसका वैज्ञानिक महत्व र सम्भाव्यको आधारमा अन्तिममा दुई वटा मिसन तय गरिएको थियो। अब त्यसका प्रोजेक्ट टिमले त्यसका आवश्यकता, डिजाइन र योजनाहरूबारेमा छलफल गरी निष्कर्षमा पुर्‍याउने नासाले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार