काठमाडौं । फिफा विश्वकप २०२२ कतार तथा एएफसी एसियन कप २०२३ चीनको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा आज नेपाल र चाइनिज ताइपेईबीच प्रतिस्पर्धा हुँदैछ।

समूह ‘बी’ को चौथो स्थानमा रहेको नेपालका लागि आज राति हुने खेल महत्वपूर्ण छ। ताइपेईलाई हराउन सके नेपाल एसियन कप छनोटको तेस्रो चरणमा सिधै पुग्ने सम्भावना हुनेछ।
समूह ‘बी’ कै खेलमा आज अस्ट्रेलिया र घरेलु टिम कुवेतबीच प्रतिस्पर्धा हुँदैछ।
१२ अंक जोडेर शीर्ष स्थानको अस्ट्रेलियाले अहिलेसम्म खेलेका चारै खेलमा जित हात पारेको छ। दोस्रो र तेस्रो स्थानका कुवेत र जोर्डनले समान ५—५ खेल खेल्दा समान १०१० अंक जोडेका छन्।
नेपाल ३ अंक जोडेर अंक तालिकाको चौथो स्थानमा छ। पाँचौ स्थानको चाइनिज ताइपेईले खेलेका पाँचै खेलमा हार बेहोरेकाले अंक जोड्न सकेको छैन।

खेलको जानकारी
खेल : नेपाल भर्सेस चाइनिज ताइपेई
प्रतियोगिता : विश्वकप तथा एसियन कप संयुक्त छनोट (दोस्रो चरण)
स्थान : कुवेत सिटी, कुवेत
समय : राति ९:४५ बजे (नेपाली समयअनुसार)
प्रत्यक्ष प्रशारण : कान्तिपुर टेलिभिजन
फिफा वरीयता : ताइपेई ९१४१०, नेपाल ९१७१०