• मंगलबार, कार्तिक २५ २०८३

घाँटीमा लिचीको दाना अड्किएर ६ महिने शिशुको मृत्यु


बिहिबार, जेष्ठ २० २०७८
790
Shares

घाँटीमा लिचीको दाना अड्किएर कञ्चनपुरमा एक शिशुको मृत्यु भएको छ।

भीमदत्त नगरपालिका–५ का ६ महिने वीरेन्द्र चन्दको आफ्नै घर आँगनमा खल्ने क्रममा लिचीको दाना मुखमा हालेपछि घाँटीमा अड्केर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर थापाले परिवार स्रोतलाई उदृत गर्दै लिचीको दानासँग खेल्दै गरेको बच्चाले निल्न खोजेपछि मृत्यु भएको बताए।

अभिभावकले महाकाली अस्पतालमा ल्याएकोमा उपचारका क्रममा शिशुको मृत्यु भएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार