गोरखा । गोरखाका थप दुई जनाको कोरोनासंक्रमणका कारण मृत्यू भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बुधबार उपचारको क्रममा गोरखाका थप दुई जना संक्रमितको मृत्यु भएको हो ।


मृत्यु हुनेमा पालुङटार नगरपालिका ५ का ५४ बर्षका पुरुष र सिरानचोक गाउँपालिका ३ का ४० वर्षीय पुरुष रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
पालुङ्टारका पुरुषमा जेठ ९ गते संक्रमण पुष्टि भएको थियो । उनको वीरेन्द्र सैनिक अस्पतालमा उपचारको क्रममा हिजो मृत्यू भएको हो ।
त्यस्तै सिरानचोकका पुरुषमा जेठ १३ गते संक्रमण भई भरतपुर अस्पतालमा उपचारको क्रममा बुधबार मृत्यू भएको निर्देशनालयले जनाएको छ ।
