काठमाडौं । यही जुन १३ देखि सुरु हुने कोपा अमेरिका फुटबलको उद्घाटन खेलमा ब्राजिल र भेनेजुएला भिँड्ने भएका छन ।

विश्वकप फुटबलकै सबैभन्दा पुरानो प्रतियोगिता कोपाको ४७औं संस्करण ब्राजिलमा आयोजना गरिने भएको हो ।
रियो दि जेनेरियको माराकाना र निल्टन सान्तो स्टेडियममा खेल हुनेछ भने ब्रासिलियाको माने गारिन्चा स्टेडियम, कुइबाको पान्तनाल एरेना तथा गोइनियाको ओलम्पिक स्टेडियममा खेल हुनेछ ।

उद्घाटन खेल जुन १३ मा समूह बी मा रहेको आयोजक ब्राजिल र भेनेजुएलाबीच गारिन्चा स्टेडियममा खेल हुनेछ ।