काठमाण्डौ । बजारमा अहिले अण्डाको माग बढ्दो छ । तर मागअनुसारको उत्पादन नहुँदा उपभोक्ताको माग धान्न कठिनाइ भएको छ।
नेपाल अण्डा उत्पादक सङ्घका अनुसार अहिले दैनिक २५ देखि ३० लाख वटा अण्डा उत्पादन हुन्छ भने बजार माग ३५ देखि ४० लाख वटासम्म रहेको छ । सङ्घका अनुसार अघिल्लो वर्ष ३५ देखि ४० लाख वटा अण्डा उत्पादन हुने गरेकोमा अहिले उत्पादनमा १५ प्रतिशतले गिरावटआएको छ ।
रानीखेत र गर्मीमा लाग्ने रोगका कारण अण्डा उत्पादनमा भने कमी आएको हो ।