• बिहिबार, साउन १४ २०८३

बुधबार थप ५ हजार ३ सय १६ मा संक्रमण पुष्टि, १०१ जनाको मृत्यु


बुधबार, जेष्ठ १९ २०७८
580
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप ५ हजार ३ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८ सय ५ पिसीआर परीक्षणबाट ४ हजार ५ सय २४ र ३ हजार ७३ एन्टिजेन परीक्षणबाट ७ सय ९२ गरि कुल ५ हजार ३ सय १६ जनामा बुधबार कोरोना पुष्टि भएको हो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १०१ जनाको ज्यान गएको छ। यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ७ हजार ५ सय ४६ जना पुगेका छन्।

मन्त्रालयका अनुसार आज थप ७ हजार २ सय १९ जना कोरोना संक्रमणमुक्त भएका छन्। यो सँगै नेपालमा कोरोना मुक्त हुनेको जम्मा संख्या ४ लाख ६१ हजार ५ सय ६३ जना छन्।

यस्तै १ लाख १ हजार ९ सय ९३ जना कोरोना संक्रमित उपचाररत छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार