गाेरखा । बारपाकमा दश शैयाकाे आइसाेलेसन तयार भएकाे छ । काेराेना भाइरसकाे संक्रमण फैलिदै गएपछि बारपाक सुलिकाेट गाउँपालिकाले बारपाकमै आइसाेलेसन निर्माण गरेकाे जनाएकाे छ ।
जेठ महिनाकाे दुइ हप्तामै काेराेना भाइरसकाे जस्तै लक्षणबाट १४ जनाकाे मृत्यु भएपछि बारपाकमा सन्त्रास फैलिएकाे थियाे । त्यससंगै प्रदेश र जिल्लाकाे स्वास्थ्य टाेली बारपाक पुगेर काेराेना परिक्षणलाई ब्यापकता दिएका थिए ।

बारपाकमा हालसम्म २ सय ७६ जनामा संक्रमण पुष्टी भएकाे प्रमुख प्रशासकीय अधिकृत गाैतम भण्डारीले सिभिलखबरलाई बताए । हाल बारपाकमा २ सय ४३ जना सकृय संक्रमित छन् ।
बारपाकमा अझै संक्रमण फैलिन सक्ने जाेखिम रहेकाले बारपाक स्वास्थ्य चाैकीसंगै रहेकाे आमा समुहकाे भवनमा अक्सिजनसहित १० बेडकाे आइसाेलेसन निर्माण गरिएकाे भण्डारीले बताए । आइसाेलेसनमा १ जना चिकित्सक, १ जना स्टार्फ नर्स र १ जना हेल्थ असिस्टेण्डको ब्यवस्था गरिएको बताइएकाे छ ।
यससंगै बारपाक सुलिकाेट गाउँपालिका भरमा आइसाेलेसनकाे संख्या २५ पुगेकाे छ । यसअघि साैरपानीमा ५, ताकुमाझलाकुरीबाेटमा ५ र देउरालीमा ५ शैयाकाे आइसाेलेसन निर्माण भइसकेकाे प्रमुख प्रशासकीय अधिकृत भण्डारीले जानकारी दिए ।
हाल पालिकाले सबै वडामा काेराेना परिक्षणलाई समेत ब्यापकता दिएकाे जनाएकाे छ । यसअघि पिसिआर माध्यमबाट परिक्षण गर्दा रिपाेर्टमा भएकाे ढिलाईका कारण झनै संक्रमण फैलिने जाेखिमका कारण अहिले भने एन्टिजेन माध्यमबाट मात्रै परिक्षण गरिएकाे भण्डारीकाे भनाई छ ।
तस्विर : नारयाण अर्याल / स्वास्थ्य कार्यालय गोरखा
