काठमाडौं । काठमाडौं उपत्यकामा राति ९ बजेदेखि विहान ९ बजेसम्म सवारी साधन मर्मतसम्भार गर्ने वर्कशप खुल्न पाउने भएका छन् ।

आज उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले वर्कसप खोल्न पाउने निर्णय गरेको हो । बैठकले उपत्यकामा जेठ मसान्तसम्म निषेधाज्ञा थप समेत गरेको छ ।

यसैगरी उपत्यकामा तरकारी, फलफूल, खाद्यान्न, दूध डेरी, मासु, खानेपानी, ग्यास पसल, डिपार्टमेन्टल स्टोर विहान ९ बजेसम्म खुल्ने भएको छ ।