• सोमबार, भाद्र २२ २०८३

फ्रान्सद्वारा नेपाल सरकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण


बुधबार, जेष्ठ १९ २०७८
600
Shares


काठमाडौं । कोभिड—१९ महामारीविरूद्धको नेपालको लडाइँमा ऐक्यवद्धता जनाउँदै फ्रान्स सरकारले नेपाललाई चिकित्सा उपकरण तथा स्वास्थ्य सामग्री प्रदान गरेको छ।

नेपालका लागि फ्रान्सका राजदूत फ्रन्स्वाँ जाविये लेजेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आयोजित एक सङ्क्षिप्त कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरे।

फ्रान्सेली राजदूतले मन्त्री त्रिपाठीलाई पाँच लाख चार हजार थान एफएफपिटू मास्क, २० हजार २२५ थान एन्टिजेनिक टेष्ट किट, १२ हजार थान सुरक्षा चस्मा र १४ वटा भेन्टिलेटर हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

महामारीविरूद्ध सघाउन नेपाल सरकारले गरेको अनुरोधअनुसार फ्रान्सले ती सामग्री उपलब्ध गराएको हो। समयमै चिकित्सा उपकरण एवं स्वास्थ्य सामग्री प्रदान गरेकामा सरकारले फ्रान्सेली जनता र सरकारप्रति कृतज्ञता ज्ञापन गरेको छ। रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार