• सोमबार, असोज १२ २०८३

उपत्यकामा लम्बियाे निषेधाज्ञा, माेडालिटी भने परिवर्तन


बुधबार, जेष्ठ १९ २०७८
825
Shares

काठमाडौं । उपत्यकामा जारी निषेधाज्ञा लम्ब्याइएकाे छ।

बुधबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो।

तर निषेधाज्ञाकाे माेडालिटीमा भने केहि परिवर्तन भने गरिएकाे छ । जसमा खाद्य पसल बिहान ९ बजेसम्म खोल्न दिने निर्णय भएकाे छ ।

पछिल्लो एक सातादेखि खाद्यान्न पसल पनि सञ्चालनमा रोक लगाइएको थियो।

यस्तै निर्माणका काम पनि सञ्चालन हुने भएका छन्।

रातको समयमा निर्माण सामग्री ढुवानी गर्न र मजदुरलाई निर्माणस्थलमै खान बस्नको व्यवस्था गर्न भनिएको छ।

अत्यावश्यकबाहेकका कार्यालय खोल्न नपाइने व्यवस्था कायमै छ। बैंक तथा वित्तीय संस्था पनि अहिलेकै अवस्थामा सञ्चालन हुने भक्रतपुरका प्रजिअ प्रेमप्रसाद भट्टराईले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार