• सोमबार, असोज १२ २०८३

उपत्यकामा १० दिन निषेधाज्ञा थप्ने तयारी


बुधबार, जेष्ठ १९ २०७८
1K
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा जेठ २० गतेदेखि पुन १० दिन निषेधाज्ञा थप गर्ने तयारी भएको छ । त्यसका लागि बुधबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरु छलफलमा छन् ।

यसअघि वैशाख १६ गतेदेखि सुरु भएको निषेधाज्ञा थप गर्दै जेठ २० गतेसम्म पुर्‍याइएको छ । जेठ १३ गतेदेखि किराना पसलहरु पनि बन्द गरिएको छ ।

२० गतेपछिको निषेधाज्ञामा किराना पसल विहान ९ बजेसम्म खुला गर्ने र निर्माण सामग्री ओसार पसार गर्ने गाडी रातिको समयमा चल्न दिने तयारी गरेको उपत्यकाका एक प्रमुख जिल्ला अधिकारीले जानकारी दिए ।

उनका अनुसार अब १० दिन पछि भने निषेधाज्ञा थप खुकुलो हुनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार