चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले जेठ २७ गतेसम्म निषेधाज्ञा लम्ब्याएको छ ।
तेस्रोपटक थपिएको निषेधाज्ञाको समय जेठ २० गते राति सकिने भएपछि प्रशासन कार्यालयले एक साता थप गरेको हो । प्रशासनले यसपटक थप गरेको निषेधाज्ञामा बैंक तथा वित्तीय क्षेत्रलाई केही खुकुलो पारिएको छ ।


यो साता सक्रिय संक्रमितको संख्यामा कमी आए अर्को पटकदेखि सल्लाह गरेर निषेधाज्ञालाई केही खुकुलो बनाउने तयारी प्रशासनको छ । जिल्लामा अहिले ४ हजार ८ सय ४५ सक्रिय संक्रमित रहेका छन् ।
जसमध्ये होम आइसोलेसनमा ४ हजार ६ सय ७९ जना छन् । यो संख्यामा आगामी साता कमी आउने अपेक्षा गरिएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारीले बताए ।