• सोमबार, असोज १२ २०८३

सैफ र ज्याकलिनको ‘भूत पुलिस’ ६० करोडमा बिक्यो


बुधबार, जेष्ठ १९ २०७८
685
Shares

काठमाडौं । भारतमा दैनिक एक लाख भन्दा बढी कोरोनाका कारण संक्रमित भैरहेका छन् । त्यसैले भारतमा हलहरु तत्काल खुल्ने संभावना छैन ।

यसैले पनि बलिउडमा कम बजेटमा बनेका चलचित्रहरु धमाधम ओटीटीमा रिलिज भैरहेका छन् ।

यसैविच, चलचित्र ‘भूत पुलिस’ पनित्यसैले ओटीटीमा रिलिज हुने भएको छ । हट स्टारबाट रिलिज हुन लागेको यो चलचित्रलाई महंगो रकममा खरिद गरिएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

यो चलचित्रमा सैफअली खान, अर्जुन कपुर, ज्याकलिन फर्नान्डेज र यमी गौतमको मुख्य भूमिका छ ।

रमेश तौरानीको निर्माणमा बनेको यो चलचित्रलाई स्टार नेटवर्कले खरिद गरेको हो । यो चलचित्रको बजेट ४० करोड रहेको बताइएको छ । यसैले, निर्माताले चलचित्रबाट २० करोड कमाई गरेका छन् ।

यस्तै, चलचित्रको म्यूजिक राइट्सबाट पनि केही रकम निर्मातालाई प्राप्त हुने भारतीय मिडियाले उल्लेख गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार