• सोमबार, असोज १२ २०८३

चौधरी ग्रुपको बियर फ्याक्ट्रीमा भीषण आगलागी


बुधबार, जेष्ठ १९ २०७८
675
Shares


नवलपरासी पूर्वस्थित चौधरी ग्रुपको बियर फ्याक्ट्रीमा भीषण आगलागी भएको छ।

देवचुली नगरपालिका—२ स्थित रजरमा रहेको फ्याक्ट्रीको बियर गोदाममा बुधबार बिहान भीषण आगो लागेको हो।

जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) दिलीपकुमार गिरीका अनुसार तीन वटा दमकलले आगो नियन्त्रण प्रयास गरिरहेका छन्।

आगो निभाउनका लागि सशस्त्र प्रहरी, जनपद प्रहरी, नेपाली सेना र दमकल खटिएका छन् । तर, आगो नियन्त्रण नआएकाले अन्य जिल्लाबाट पनि दमकल बोलाउने तयारी भईरहेको डिएसपी गिरीले जानकारी दिए ।

आगो नियन्त्रणमा आउन नसकेपछि भवनहरू डोजर लगाएर भत्काउन थालिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार