• सोमबार, असोज १२ २०८३

मुगुमा पहिलोपटक कोरोनाबाट मृत्यु


बुधबार, जेष्ठ १९ २०७८
725
Shares


कोभिड–१९ सङ्क्रमणबाट पहिलोपटक मुगुमा एक वृद्धाको मृत्यु भएको छ।

छायाँनाथ रारा नगरपालिका–१० का ७० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी परशुराम नेपालीले बताए।

उनकाअनुसार ती बृद्धालाई अस्पताल ल्याउने क्रममा: आज बाटोमा नै निधन भएको थियो।

एकहप्तादेखि बिरामी हुँदा पनि ती बृद्धा अस्पतालमा जान नमानि घरमा नै रही जडिबुटी सेवन गरेको बताइएको छ।

बृद्धाको मृत्युपछि गरिएको एन्टिजिन परीक्षणमा पोजेटिभ रिपोर्ट आएको सूचना अधिकारी नेपालीले बताए।

गत वैशाखदेखि जिल्लामा संक्रमित सङ्ख्या वृद्धि भए पनि मृत्यु भएको थिएन। हालसम्म २९४ संक्रमित छन्।रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार