गोरखा । छापथोक काठमाडौं सम्पर्क समाजद्वारा स्वास्थ्य सामाग्री सहयाेग गरेकाे छ । गोरखा नगरपालिका १ काे वडा कार्यालय मार्फत ताप्ले स्वास्थ्य चौकी लाइ समाजले कोभिड १९ बाट बच्न स्वास्थ्य सामग्री सहयाेग गरेकाे हाे ।
उक्त स्वास्थ्य सामाग्री छापथोक काठमाडौ सम्पर्क समाजका आजिवन सदस्यहरु प्रकाश भट्ट र कलाधर भट्ट साथै सचिव पूर्ण भट्टको उपस्थितिमा वडा अध्यक्ष हिक्मत बहादुर कुँवरलाई हस्तान्तरण गरिएकाे छ ।
जसमा सर्जिकल माक्स १ हजार २ सय ५० थान , पिपिइ ६ सेट, फेस सिल्ड ६, सेनिटाइजर १० लिटर, सचेतनामुलक ब्यानर १५ वटा, अक्सोमिटर २ थान लगायतका सामाग्री रहेकाे बताइएकाे छ ।
साथै समाजले आगामी दिनमा समेत सहयाेगलाई निरन्तरता दिने अध्यक्ष भिमसेन भट्टले बताएका छन् ।