गोरखा । बारपाकबाट शनिबार हेलिकोप्टरमार्फत उद्धार गरी उपचारका लागी काठमाडौँ लगिएकी महिलाको मृत्यु भएको छ ।

बारपाक सुलीकोट गाउँपालिका वडा नं.२ की २४ वर्षीया महिलाको उपचारको क्रममा मंगलबार मेडिसिटी अस्पतालमा मृत्यु भएको हो ।
गण्डकी प्रदेशबाट खटिएको स्वास्थ्यकर्मीको टोलीले बारपाकमा एण्टिजेन परीक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आएको थियो ।

तर, मेडिसिटीमा पिसिआर विधीबाट परिक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको थियो । न्युमोनियाले गस्त उनको मंगलबार साँढे पाँच बजेतिर निधन भएको हो ।
शरीरमा अक्सिजनको कमी देखिए पछि उनलाई शनिबार मनाङ एयरको हेलिकोप्टरबाट थप उपचारका लागि काठमाडौँको मेडिसिटी अस्पताल लगिएको थियो ।
