• बिहिबार, साउन १४ २०८३

एक हप्ताभित्र सेवाशुल्क सार्वजनिक गर्न सबै अस्पताललाई निर्देशन (विज्ञप्तिसहित)


मंगलबार, जेष्ठ १८ २०७८
670
Shares

देशभरका अस्पताललाई सात दिनभित्र सेवाशुल्क सार्वजनिक गर्न सरकारले निर्देशन दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सरकारी, निजी, सहकारी तथा सामुदायिक स्वास्थ्य संस्थाहरुलाई सेवाबापतको शुल्क सार्वजनिक गर्न निर्देशन दिएको हो।

मन्त्रालयले कोरोना महामारीको विषम परिस्थितिमा बिरामीबाट चर्को शुल्क असुल गरेको, अक्सिजनको चर्को मूल्य लिएको, अनावश्यक परीक्षण गर्न लगाई बिरामीको आर्थिक भार बढाएको, उपचारको लागि आवश्यक पर्ने सामग्रीहरुको बन्दोबस्त समेत बिरामीलाई नै गर्न लगाएको, आवश्यकताभन्दा बढी औषधि तथा स्वास्थ्य सामग्री खरिद गर्न लगाएको लगायत गुनासा प्राप्त भएको भन्दै सेवाशुल्क सार्वजनिक गर्न भनेको छ।

निर्देशनअनुसार अस्पतालहरुले अब सात दिनभित्र सेवाको प्रकार र त्यसबापतको लागत रकमको विवरण सञ्चालक समिति, बोर्ड, आधिकारिक निकायबाट निर्णय गराई अनिवार्य रुपमा आआफ्नो वेबसाइटमा सार्वजनिक गर्नुका साथै सबैले देख्ने गरी सूचनापाटीमा टाँस्नुपर्नेछ।

हेर्नुस विज्ञप्ति

service charge circular2021

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार