• बिहिबार, साउन १४ २०८३

६ हजार ८५ मा कोरोना संक्रमण, ६८ जनाको मृत्यु


मंगलबार, जेष्ठ १८ २०७८
585
Shares


काठमाडौं । मंगलबार थप ६ हजार ८५ जनामा कोरोना संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।

यस अवधिमा २० हजार १ सय ६५ जनाको नमुना परीक्षण गरिएको थियो।

१७ हजार १ सय ४७ जनाको पिसिआर गर्दा ५ हजार २ सय ८५ जनामा पोजेटिभ देखिएको थियो भने ३ हजार १८ जनाको एन्टिजेन गर्दा ८ सय जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ८ सय ९८ जना कोरोनाबाट मुक्त भएका छन् भने ६८ जनाको मृत्यु भएको छ।

हालसम्म कोरोनाबाट ७ हजार ४ सय ५४ जनाले ज्यान गुमाएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार