कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कोरोना भत्ता एकमुष्ट उपलब्ध गराउने बताएका छन्।

जिल्ला विपद् व्यवस्थापन समिति कालीकोटको बैठकमा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कोरोना भत्ता एकमुष्ट उपलब्ध गराउने बताएका हुन ।

बैठकमा स्वास्थ्यकर्मीसँग छलफल गर्ने क्रममा उनीहरूले भत्ता उपलब्ध गराईदिन अनुरोध गरेका थिए। सो क्रममा उनले प्रदेशका सबै स्वास्थ्यकर्मीलाई गत र चालु आर्थिक वर्षको भत्ता एकमुष्ट रूपमा तत्काल उपलब्ध गराउने बताए।

मुख्यमन्त्री शाहीले स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ काम गर्न सुझाएका थिए ।