पोखरा । पश्चिमाञ्चल अस्पताललाई ट्रेजर लाउन्जले पिउने पानी सहयाेग गरेकाे छ । पाेखराकाे लेकसाईडमा रहेकाे ट्रेजर लाउन्ज एण्ड बारले काेराेना संक्रमितकाे उपचारमा खटिएका पश्चिमाञ्चल हस्पिटलका चिकित्सक र कर्मचारीकाे लागि पिउने पानी सहयाेग गरेकाे हाे ।
संक्रमितकाे उपचारमा खटिने स्वास्थ्यकर्मीलाई स्वस्थ पिउने पानीकाे अभाव भएकाे थाहा पाएपछि मिनरल वाटर र जुस सहयाेग स्वरुप हस्तान्तरण गरेकेा ट्रेजरका सञ्चालक किरण बरालले बताए ।
बरालका अनुसार मंगलबार ५५ कार्टुन पानी र जुस अस्पतालका निर्देशक डा. भरत खत्रीलाई हस्तान्तरण गरिएकाे हाे ।
गत वर्ष पनि काेराेना महामारी कै बेलामा स्वास्थ्यकर्मीलाई मास्क र स्यानिटाजरकाे अभाव भएपछि ट्रेजर लाउन्जले सहयाेग गरेकेा थियाे ।