• सोमबार, असोज १२ २०८३

चीनले दिएको ८ लाख डोज खोप नेपाल आइपुग्यो


मंगलबार, जेष्ठ १८ २०७८
770
Shares


काठमाडौं । चीन सरकारेले अनुदानमा दिएको कोरोनाविरूद्धको १० लाख डोज खोपमध्ये ८ लाख डोज नेपाल आइपुगेको छ।

मंगलबार नेपाल एयरलाइन्सको विमानले ८ लाख डोज खोप त्रिभुवन विमानस्थलमा ल्याएको हो ।

गत जेठ १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीसँग टेलिफोन कुराकानी गरेलगत्तै चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई थप १० लाख डोज खोप दिने घोषणा गरेका थिए।

यसअघि पनि चीनले ८ लाख डोज खोप अनुदानमै दिएको थियो।

यो पटक चीनले दिएको १० लाख डोज खोपमध्ये ८ लाख डोज खोप लिन नेपाल एयरलाइन्सको जहाज सोमबार राति बेइजिङ गएको थियो।

उक्त खोप लिएर जहाज मंगलबार दिउँसो नेपाल आइपुगेको हो। बाँकी २ लाख डोज भने तिब्बत सरकारले प्रदान गर्ने र युनान प्रान्तको राजधानी कुनमिङबाट हिमालय एयरलाइन्सले निस्शुल्क नेपाल ल्याइदिने भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार