• सोमबार, असोज १२ २०८३

साल्ट ट्रेडिङले आज उपत्यकामा भ्यानमार्फत खाद्यान्न बिक्री गर्ने


मंगलबार, जेष्ठ १८ २०७८
2.1K
Shares

काठमाडौं । साल्ट ट्रेडिङ लिमिटेडले मंगलबार उपत्यकामा डेलिभरी भ्यानमार्फत खाद्यान्न बिक्री गर्दैछ ।

तीनवटा डेलिभरी भ्यानमार्फत काठमाडौं र भक्तपुरका १२ वटा टोल क्षेत्रमा खाद्यान्न बिक्री गरिने कम्पनीले जनाएको छ ।

मंगलबार खाद्यान्न बोकेको पहिलो भ्यान सेगल, क्षेत्रपाटी, ठहिटी, बाङ्गेमुडा, ठमेल र सञ्चयकोष भवन वरपर खाद्यान्न बिक्री गरिने छ भने दोस्रो भ्यानबाट सितापाइला, रामकोट, भीमढुंगा र काभ्रेस्थलीमा खाद्यान्न बिक्री गरिने छ त्यसैगरी तेस्रो डेलिभरी भ्यान ठिमी, बालकोट, लोकन्थली, कौशलटार र गोलमढीमा खाद्यान्न बिक्री गरिने जनाइएको छ ।

कर्पोरेसनले भ्यान मार्फत दाल, चामल, नून, चिनी, तेल, मैदा, पिठो, चिउरा र मस्यौरा बिक्री गर्ने बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार