• बिहिबार, साउन १४ २०८३

भारतमा संक्रमण देखिनेको संख्या ५४ दिनयताकै थोरै, निको हुने दर ९३ प्रतिशत


मंगलबार, जेष्ठ १८ २०७८
610
Shares

काठमाडौं । भारतमा गएको २४ घण्टामा १ लाख २७ हजार ५१० संक्रमित थपिएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संख्या ५४ दिनयताकै थोरै हो ।

यतिबेला भारतमा कोरोना संक्रमित हुने दर ७ प्रतिशतमा झरेको छ भने कोरोनामुक्त हुनेको दर ९३ प्रतिशत पुगेको छ।

पछिल्लो ८ दिनको तथ्यांकलाई हेर्दा कोरोनामुक्त हुनेको दर ९० प्रतिशतभन्दा माथि छ। साथै संक्रमित हुनेको दर १० प्रतिशतभन्दा कम छ।

हालसम्म भारतमा २ करोड ५९ लाख ४७ हजार कोरोनामुक्त भइसकेका छन भने १८ लाख ९५ हजार सक्रिय संक्रमित छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार