• बिहिबार, साउन १४ २०८३

४ हजार ७६२ कोरोना संक्रमित थपिदा ६ हजार ४९१ निको भए, ११४ को मृत्यु


सोमबार, जेष्ठ १७ २०७८
595
Shares


काठमाडौं । सोमबार थप ४ हजार ७ सय ६२ कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ६२ जना कोरोना संक्रमित थपिएका हुन् ।

त्यस्तै यस अवधिमा ६ हजार ४ सय ९१ जना कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १ सय १४ जनाको कोरोनाबाट मृत्यु भएको छ। यीसहित हालसम्म कोरोनाबाट ७ हजार ३ सय ८३ जनाले ज्यान गुमाएका छन्।

पछिल्लो २४ घण्टामा १५ हजार ५५ जनाको पिसिआर परीक्षण गरिएको हो। सो परीक्षणका क्रममा ४ हजार १ सय ७८ जनामा पोजेटिभ देखिएको हो।

त्यस्तै २ हजार ४ सय २५ जनाको एन्टिजेन परीक्षण गर्दा ५ सय ८४ जनामा पोजेटिभ देखिएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार