काठमाडौं । बलिउड अभिनेता सुशान्तसिंह राजपुतले आत्महत्या गरेको झन्डै एक वर्ष पुग्न लागेको छ। उनले गत जुन १४ मा झुन्डिएर आत्महत्या गरेका थिए।

उनले आत्महत्या गर्नुको कारण बलिउडमा व्याप्त नेपोटिज्म भएको बताइएको छ। विभिन्न सम्झौता भइसकेका चलचित्रबाट हटाइएपछि डिप्रेसनमा पुगेका सुशान्तले आफ्नै प्राण त्यागेका थिए।
त्यसयता भारतीय सिनेक्षेत्रमा नातावाद र क्रिपावाद हावी भएको र पहुँचवालाले नयाँ आगन्तुक कलाकारलाई चलचित्रमा मौका नदिएको विषय सशक्त रुपमा उठेका छन्।
यसबीचमा सुशान्तलाई जस्तै अर्का कलाकार कार्तिक आर्यान पनि नेपोटिज्मको शिकार भएका छन्।
उनलाई करण जोहारले ‘दोस्ताना २’ चलचित्रमा अभिनय गर्न नदिएको भारतीय संचारमाध्यमले जनाएका छन्।

यसबीचमा शाहरुख खानले पनि कार्तिकलाई चलचित्र ‘फ्रेडी’बाट हटाएको डीएनए इन्डियाले जनाएको छ।
यो खबरसँगै भारतमा करण जोहार र शाहरुख खानको आलोचना भएको छ।
यी पहुँचवाला व्यक्तिहरुले आफ्नै सन्तान र नातागोता तथा चिनजानका मानिसलाई मात्र चलचित्रमा दिने गरेका आरोप लगाइन्छ।
यसअघि सलमान खानले गर्दा विवेक ओवराृयले भारतीय चलचित्रमा मौका नपाएको खबरहरु आएका थिए।
सलमान खान र अक्षय कुमारसँग जोन अब्राहमको यसै विषयमा विवाद भएको पनि बताइन्छ।
अहिले जोन अब्राहम आफै चलचित्र बनाउँछन्। नेपोटिज्मको विरुद्धमा नायिका कंगना रणावतले पनि सशक्त आवाज उठाउँदै आएकी छिन्।
