
गोरखा । बारपाकमा थप एक सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पिसिआर विधीबाट गरिएको परिक्षणमा थप १ सय ३० जनामा संक्रमण पुष्टि भएको हो ।


गण्डकी प्रदेशका स्वास्थ्य निर्देशकसहितको टोलीले शुक्रबार, शनिबार र आइतबार गरी ३ सय ४२ जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रदेश जनस्वास्थ्य निर्देशनालय पोखरामा पठाएको थियो ।
परीक्षण गरिएको मध्ये उक्त संख्यामा संक्रमित थपिएको बारपाक सुलिकोट गाँउपालिकाका अध्यक्ष विष्णु प्रसाद भट्टले जानकारी दिए । संक्रमित मध्ये ७१ जना महिला र ५९ पुरुष रहेको अध्यक्ष भट्टले बताए ।
दुई दिन सम्म बारपाक बसेको उक्त स्वास्थ्यकर्मीको टोलीले ८ सय ३६ जनाको एण्टिजेन परीक्षण गरिएकामा ८३ जनाको मात्र पोजेटिभ देखिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
