• सोमबार, असोज १२ २०८३

अनलाइन परिक्षाका नाममा अतिरिक्त शुल्क उठाउदै फुलबारी, मासिक शुल्क तिर्न निषेधाज्ञामै अल्टिमेटम


सोमबार, जेष्ठ १७ २०७८
1.7K
Shares

मेलिना बराम, गोरखा । गोरखा सदरमुकाममा सञ्चालित एक नीजि स्कुलले अनलाइन परिक्षाका नाममा अतिरिक्त शुल्क उठाइरहेको खुलेको छ । गोरखा नगरपालिका वडा नम्बर ८ बराह स्थित फुलबारी पाठशालाले गोरखा नगरपालिकाको निर्देशन विपरित अतिरिक्त शुल्क उठाइरहेको खुलेको हो ।

गोरखा नगरपालिकाको शिक्षा शाखाले गत जेठ ९ गते सूचना प्रकाशित गर्दै पहिलो र दोस्रो परिक्षाको आधारमा ६० प्रतिशत र आन्तरिक मुल्यांकनको आधारमा ४० प्रतिशत गरी विद्यार्थीको नतिजा प्रकाशन गर्न निर्देशन दिएको थियो ।

विधालयले विधार्थीसंग अनलाइन परिक्षाकाे नाममा लिएकाे शुल्कसहितकाे नगदी रसिद

तर फुलबारी पाठशालाले भने निर्देशन विपरित अनलाइन परिक्षाका नाममा अनावस्यक शुल्क लिइरहेको खुल्न आएको छ । सो विद्यालयले परिक्षा शुल्क भनेर हरेक विद्याार्थीसंग २ सयदेखि ४ सयसम्म मासिक शुल्क बाहेककाे अतिरिक्त शुल्क लिइरहेको बताइएको छ ।

कोरोना भाइरसको जोखिमका कारण गोरखामा गत बैशाख २१ गतेदेखि निषेधाज्ञा जारी छ । निषेधाज्ञा र कोभिड १९ को संक्रमण जोखिमका कारण नगरपालिकाले परिक्षा नलिई आन्तरिक मुल्यांकनको आधारमा नतिजा प्रकाशन गर्न निर्देशन दिएको थियो ।

गोरखा नगरपालिकाकाे सूचना

गोरखामा कुनै पनि विद्यालयसंग अनलाइन परिक्षा लिने किसिमको स्रोत साधन र सबै विद्यार्थी इन्टरनेटको पहुँचमा नभएको भन्दै नगरपालिका अन्तरगतको शिक्षा समितिले यस अघिको मुल्यांकनको आधारमा नतिजा प्रकाशन गर्न निर्देशन दिएको समितिका एक सदस्यले सिभिलखबरलाई बताए ।

यता विद्यालय प्रशासन समेत अतिरिक्त परिक्षा शुल्क लिएको स्विकार्छ । ‘नगरपालिकाले परिक्षा नगर भनेको छैन तर ६०/४० को मुल्यांकनबाट नतिजा निकाल्नु भनेको चाहि हो’ विद्यालयकी सहायक रुपा भट्टराईले भनिन ‘परिक्षा हामी अनलाइनबाटै लिने हो, परिक्षा भनेपनि शुल्क त लिनुपरिहाल्यो नि ।’

यता गोरखा नगरपालिका शिक्षा शाखा समेत अनलाइन परिक्षाको नाममा कुनै थप शुल्क लिन नपाइने बताउछ । ‘अनलाइन क्लास पढाएको छ भने मासिक शुल्क लिनु स्वभाविक हो, तर अनलाइन परिक्षा गर्छौ भनेर अर्को शुल्क उठाउनु गलत हो’ शिक्षा शाखाका विद्यालय निरिक्षक धुब्र अर्यालले भने ‘के रहेछ, हामी बुझ्छौ र गलत भएको रहेछ भने कारबाही प्रकृयामा जान्छौ ।’

मासिक शुल्क बुझाउन विधालयले निकालेकाे सूचना

त्यस्तै विद्यालयले निषेधाज्ञाका समयमा समेत मासिक शुल्क बुझाउन अभिभावकलाई अल्टिमेटम दिएको छ । विद्यालयले केहि दिन अघि सूचना प्रकाशित गरेर जेठ १८ गतेभित्र अनिबार्य रुपमा जेठ मसान्तसम्मको शुल्क बुझाउन समेत निर्देशन दिएको छ ।

विधालयले बिहान १० देखि २ बजेसम्म भाैतिक रुपमा विधालयमै उपस्थित भएर शुल्क बुझाउन समेत अभिभावकलाई अनुराेध गरेकाे छ ।

निषेधाज्ञाकाे समयमा १५ दिन अघि नै पूरै महिनाकाे शुल्क तिर्न अल्टिमेटम दिनु अब्यवहारिक भएकाे कतिपय अभिभावक बताउछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार