• सोमबार, असोज १२ २०८३

यार्सागुम्बा संकलनका क्रममा एक महिलाको मृत्यु


सोमबार, जेष्ठ १७ २०७८
620
Shares


अपी हिमाल गाउँपालिका—५ का एक महिलाको यार्सागुम्बा संलनका क्रममा एकजना महिलाको मृत्यु भएको छ ।

यार्सागुम्बा सङ्कलनका लागि अपी हिमाल गाउँपालिकाको सातगङ्गा वनमा गएको बेला ४० वर्षीया चुन्धरी धामीको मृत्यु भएको हो ।

यार्सागुम्बा सङ्कलनका लागि गत वैशाखमै पाटन पुगेकी धामीको पेट दुख्ने समस्या थियो । दुईरतीन दिनसम्म पेट दुखाइ निको नभएपछि मृत्यु भएको आफन्तले जनाएका छन् ।

मृतकको शवलाई आइतबार घर ल्याइएको छ । मृतकका दुई छोरा र दुई छोरी छन् । यसअघि अपी हिमाल गाउँपालिका–४ का एक मोहनसिंह ठेकरेको पनि यार्सागुम्बा सङ्कलनका क्रममा हिउँ पहिरोमा परी मृत्यु भएको थियो । रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार