काठमाडौं । चीन सरकारले अनुदानमा दिएको कोरोना खोप ल्याउन नेपाल एयरलाइन्सको जहाज बेइजिङ जाने भएको छ।

सोमबार राति ११ बजे काठमाडौंबाट एयरबस ए ३३० जहाज बेइजिङ जाने कार्यतालिका छ।
एयरलाइन्सका अपरेशन डाइरेक्टर दिपु जुहार्चनका अनुसार जहाजबाट आठ लाख डोज खोप ल्याइने छ।
यसअघि चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई १० लाख डोज खोप अनुदान दिने घोषणा गरेका थिए।
त्योमध्ये बेइजिङबाट ८ लाख डोज ल्याउने जिम्मेवारी आफूहरूलाई दिइएको जुहार्चनले जानकारी दिए।
खोप ल्याएर जहाज मंगलबार दिउँसो २ बजे काठमाडौं आइपुग्ने छ।
