काठमाडौं । विवेकशील पार्टीका संस्थापक अध्यक्ष उज्वल थापाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। हिजो गरिएको पछिल्लो रिपोर्ट नेगेटिभ आएको हो ।

कोरोना संक्रमणबाट गम्भीर बिरामी परी उनको ललितपुरस्थित मेडिसिटी अस्पतालमा भेन्टिलेटरमा उपचार भैरहेको छ । अवस्था अत्यन्त जटिल बनेपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको हो।

चिकित्सकहरुका अनुसार उनको स्वास्थ्य अवस्थामा कुनै उल्लेख्य परिवर्तन नभएको बताएका छन्।