• सोमबार, असोज १२ २०८३

औषधि कालोबजारी गरेको आरोपमा मेडिकल स्टोरका सञ्‍चालक पक्राउ


सोमबार, जेष्ठ १७ २०७८
725
Shares


औषधि कालोबजारी गरेको आरोपमा एक जना मेडिकल स्टोर सञ्‍चालक पक्राउ परेको छ ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका—१५ रानीस्थित जनता मेडिकल स्टोरका सञ्‍चालक ३५ वर्षीय रवि कुमार रजक रहेका छन् ।

घरमा विभिन्न औषधि तथा औषधिका खोलहरू भण्डारण गरी कालोबजारी गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ तथा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रहरीले उनको घर तलासी गर्दा फिजिसियन स्याम्पलका औषधि, मुटु सम्बन्धी औषधि, पेनकिलर, एन्टिबाईटिक, ईन्जेक्सन, बच्चाको कफ सम्बन्धी औषधि र सेनीटाईजर लगायतका ४६ कार्टुन, १ बोरा र ७ कार्टुन लेवलिङ गरेको औषधिको खोलहरु बरामद गरेको छ ।

उनी उपर कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार