• सोमबार, असोज १२ २०८३

टिचिङ अस्पतालमा जोडियो २० हजार लिटर क्षमताको लिक्विड अक्सिजन ट्यांक


सोमबार, जेष्ठ १७ २०७८
555
Shares


काठमाडौं । महाराजगञ्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा २० हजार लिटर क्षमताको लिक्विड अक्सिजन ट्यांक जडान गरिएको छ।

अक्सिजन ट्यांक जडान गरेसँगै अब बिरामीका लागि अक्सिजन अभाव नहुने अस्पतालले जनाएको छ। अस्पतालका निर्देशक डा. दिनेश काफ्लेले लिक्विड ट्यांक सञ्चालनमा आए पनि पहिले जस्तो अक्सिजनको समस्या नहुने बताए।

‘लिक्विड ट्यांक सञ्चालनमा आए पछि हामीलाई बाहिरबाट पनि अक्सिजन ल्याउन पर्दैन। अहिले दैनिक सय अक्सिजन सिलिण्डर ल्याइएकोमा ट्यांक आएपछि त्यो पनि ल्याउन पर्दैन’, उनले भने।

निर्देशक काफ्लेले अहिले ट्यांकलाई सञ्चालनमा ल्याउनका लागि प्राविधिक काम चलिरहेको भन्दै दुई तीन दिनमै सञ्चालनमा ल्याउने जनाए।

टिचिङमा ट्यांक जडान गर्ने जिम्मा शंकर ग्यास उद्योगले पाएको छ।

उद्योगका सञ्चालक शंकर अग्रवालले भोलि वा पर्सीसम्ममा टिचिङमा १६ हजार लिटर लिक्विड अक्सिजन भरिदिने बताए।

पछिल्लो समय अस्पतालमा कोरोना संक्रमितको चाप घटेको छ। मध्यम समस्या भएका बिरामीहरूको चाप घटेको अस्पतालहरूले जनाएका छन्। यद्यपि सिकिस्त अवस्थाका बिरामीको संख्यामा भने कमी नआएको चिकित्सकहरू बताउँछन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार