• सोमबार, असोज १२ २०८३

भारतमा संक्रमणसँगै दैनिक मृत्युदर पनि घट्दै


सोमबार, जेष्ठ १७ २०७८
590
Shares

काठमाडौं । भारतमा कोरोनाभाइरसको दोस्रो लहर घट्दै गएको देखिएको छ। पछिल्लो समय संक्रमणसँगै मृत्युदर पनि घटेपछि दोस्रो लहर ओह्रालो लागेको देखिएको हो।

टाइम्स अफ इन्डियाका अनुसार गएको साता भारतमा विगत १२ सातामै कम संक्रमितले ज्यान गुमाएका छन्।

मे २४ देखि ३० सम्म भारतभर २४ हजार ३ सय ७२ संक्रमितले ज्यान गुमाएका छन्। यो संख्या अघिल्लो साताभन्दा झन्डै पाँच हजार कम हो।

मार्चको पहिलो सातादेखि बढ्न थालेको भारतको मृत्युदर त्यसयता लगातार बढेको बढ्यै थियो। पछिल्लो समय दैनिक संक्रमण घटे पनि भारतमा मृत्युदर भने ४ हजारको आसपासमा रहिरहेको थियो।

आइतबार भने भारतमा दैनिक संक्रमितसँगै ज्यान गुमाउनेको संख्या पनि निकै तल झरेको छ। भारतभर आइतबार १ लाख ५३ हजार संक्रमित थपिएका छन्।

बितेका ५० दिनमा आइतबार सबैभन्दा कम संक्रमित थपिएका हुन्। त्यस्तै आइतबार ज्यान गुमाउने संक्रमितको संख्या २ हजार ७ सय २२ छ। यो अप्रिल २७ यताकै सबैभन्दा कम संख्या हो।

गएको साता भारतका सिक्किम, मणिपुर, अरूणाञ्चल, मिजोरम र लद्दाकमा मात्र कोरोनाका संक्रमित बढेका छन्। अरू सबै राज्यहरूमा संक्रमितको संख्या ओह्रालो लागेको छ। एजेन्सी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार