Doha, DOH, Qatar – November 3, 2014: The Night Skyline of residential and office buildings of the West Bay District in Doha, photographed from across the bay
काठमाण्डौ – नेपाल सरकारको जेठ १३ गतेको निर्णय अनुसार आउँदो जेठ १८ अर्थात् पर्सि बुधारदेखि कतारको लागि नियमित उडान खुल्ने भएका छन् ।

कतारसहित चीन र टर्कीको लागि नियमित उडान पर्सिदेखि सञ्चालन गरिने भएका हुन् । हप्तामा एक दिन मात्र नियमित उडान हुनेछन् ।

नेपालबाट कतार प्रवेश गर्नेलाई १० दिन होटल क्वरेण्टीन वा १४ दिन मेकाइनिस क्वरेण्टीनको प्रावधान छ । कतार प्रवेश गर्दा तोकिएको स्वास्थ्य केन्द्रबाट पीसीआर परीक्षण गरिएको ४८ घण्टा अघिको रिपोर्ट साथमा राख्नुपर्ने कतारमा रहेको नेपाली दूतावासले जनाएको छ । यो प्रावधान कतारमा कोरोना विरुद्धको खोप लगाइसकेका व्यक्तिको हकमा समेत लागु हुने छ । कतार सरकारले नेपाल, भारत, बंगलादेश, पाकिस्तान श्रीलङ्का र फिलिपिन्सबाट कतार प्रवेश गर्नेहरुलाई अप्रिल २९ देखि अनिवार्य क्वरेण्टीनको नियम लागु गरेको हो ।

कतारको लागि उडान खुला गरे पनि खाडीका अरु देशमा उडान अझै खुलेका छैनन् । खाडीका देश बहराइन, कुवेत, यूएई र मलेसियाले त नेपालबाट हुने उडानमा समेत प्रतिबन्ध लगाएका छन् ।