काठमाण्डौ । बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल खालिफासहितका सदस्यलाई लिन विशेष जहाज आज काठमाण्डौ आउँदैछ ।

नेपाल आएका बहराइनका राजकुमारसहितको टोलीलाई लिन आज बेलुका साढे पाँच बजे विशेष जहाज काठमाण्डौ आउने भएको हो ।
सगरमाथा आरोहणको लागि राजकुमारसहित १० जनाको टोली गएको चैत २ गते नेपाल आएका थिए राजकुमार सहितको टोलीले वैशाखको २८ गते सगरमाथा आरोहण गरिसकेको छ ।

सगरमाथाको उचाइ बढेर आठ हजार आठ सय ४८ मिटर ८६ सेन्टिमिटर कायम भएपछि अन्तर्राष्ट्रिय आरोहीहरुको पहिलो आरोहणको रुपमा राजकुमारको टोली सगरमाथाको चुचुरोमा पुगेको हो ।