• सोमबार, असोज १२ २०८३

कोरोना संक्रमणबाट त्रिविका दुई सहप्राध्यापकसहित २३ कर्मचारीको मृत्यु


आइतबार, जेष्ठ १६ २०७८
540
Shares


काठमाडौं । कोरोना संक्रमणका कारण त्रिभुवन विश्वविद्यालयका दुई जना सहप्राध्यापकसहित २३ जना कर्मचारीको मृत्यु भएको छ।

आइतबार विज्ञप्ति जारी गर्दै त्रिविले हालसम्म कोरोना संक्रमणका कारण २३ जनाको मृत्यु भएको जनाएको छ।

मृत्यु हुनेमा २ जना सहप्राध्यापक, ५ जना उपप्राध्यापक, २ जना शिक्षण साहयक, २ जना आंशिक शिक्षक रहेका छन्।

यस्तै एक जना महाशाखा प्रमुख, एकजना उपप्रशासक, ५ जना शाखा अधिकृत र ५ जना कार्यालय सहयोगीको मृत्यु भएको छ।

मृत्यु हुने प्राध्यापक, शिक्षक र कर्मचारीहरू विश्वविद्यालयसँग सम्बन्धन रहेका विभिन्न क्याम्पसमा कार्यरत थिए।

अहिले कोरोनाले विश्वविद्यालयका ७९ वटा शिक्षण इकाइहरूले पूर्ण रुपमा र ३० वटा निकायहरूले आंशिक रुपमा अनलाइन कक्षा सञ्चालन गर्दै आइरहेको छ।

साथै कोरोनाका कारण रोकिएका परीक्षाहरू पनि छिटै सञ्चालन गर्न गृहकार्य भइरहेको विश्वविद्यालयले जनाएको छ।

आगामी दिनमा संक्रमणको उपचार कार्यमा विश्वविद्यालयका अस्पतालबाट हुन सक्ने सबै सहयोग गर्न प्रतिवद्ध रहेको त्रिविले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार