• बिहिबार, साउन १४ २०८३

आइतबार ६ हजार २०५ जना कोरोनामुक्त, थपिए ४ हजार ३६९ संक्रमित


आइतबार, जेष्ठ १६ २०७८
580
Shares

काठमाडौं । आइतबार थप ६ हजार २ सय ५ जना कोरोना संक्रमण मुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले पछिल्लो २४ घण्टामा ६ हजार २ सय ५ जना कोरोनामुक्त भएको बताए।

त्यस्तै यस अवधिमा ४ हजार ३ सय ६९ जनामा कोरोना संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा १ सय ९ जनाको कोरोनाबाट मृत्यु भएको छ। यीसहित हालसम्म कोरोनाबाट ७ हजार २ सय ७२ जनाले ज्यान गुमाएका छन्।

पछिल्लो २४ घण्टामा १० हजार ९ सय ८६ जनाको पिसिआर परीक्षण गरिएको हो। सो परीक्षणका क्रममा ३ हजार ७ सय २ जनामा पोजेटिभ देखिएको हो।

त्यस्तै १ हजार ७ सय ८४ जनाको एन्टिजेन परीक्षण गर्दा ६ सय ६७ जनामा पोजेटिभ देखिएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार