काठमाडौं । सरकारले विभिन्न घरायसी विद्युतीय उपकरणको भन्सार दर घटाएको छ ।

विद्युत खपत बढाउन भन्दै सरकारले विदेशबाट आयात हुने विद्युतीय उपकरणमा अन्तःशुल्क खारेज गरेको छ ।

सरकारले राइस कुकर, विद्युतीय केट्ली, जगजस्ता पानी तताउने भाडा र किरा मार्ने ट्रयापको भन्सार दर १५ प्रतिशतबाट १० प्रतिशतमा झारेको छ । टोस्टर, इलेक्ट्रोथर्मिक कफी र चिया बनाउने मेसिन, माइक्रोवेब ओभन, हेयर ड्रायरसहित हेयर ड्रेसिङ उपकरणहरु, कोठा तताउने हिटर, इमर्सन हिटर, स्टोरेज हिटिङ रेडियटर र पानी तताउने हिटरको भन्सार दर पनि १५ प्रतिशतबाट झारेर १० प्रतिशत कायम गरेको छ । आइरन, हात सुकाउने उपकरण, फुड ग्रान्डर र मिक्चर्सको भन्सार दर पनि १० प्रतिशतमा झारिएको छ । इन्डक्सन र इन्फ्रारेड चुल्होको भन्सार दर ५ बाट १ प्रतिशमा झारिएको छ ।