• सोमबार, असोज १२ २०८३

पल शाह भन्छन् : म एक जनाले गर्दा अर्को एक जनाको ज्यान बचोस्


आइतबार, जेष्ठ १६ २०७८
650
Shares

पहिलो चरणको लकडाउन भएपछि समस्यामा परेका प्राविधिकलाई सहयोग गर्नेदेखि आम मानिसको सहयोगमा लागिपरेका नायक पल शाह हाल जारी निषेधाज्ञाको समयमा पनि सामाजिक कार्यमा सक्रिय छन् ।

पल दोश्रो चरणको कोरोनाका कारण अक्सिजनको अभाव भएर कोरोना संक्रमितहरुले ज्यान गुमाएको खबर सार्वजनिक भएसँगै हाम्रो टिम नेपालससँगको सहकार्यमा विभिन्न अस्पतालमा अक्सिजन पुर्याउने काममा सक्रिय रुपमा लागेका छन् । उनले, हाम्रो टिम नेपाललाई २ लाख रुपैयाँ सहयोग पनि गरेका थिए ।

पल शाह र हाम्रो टिम नेपालले काठमाण्डौका विभिन्न अस्पतालमा अक्सिजन सिलिन्डर पुर्याएको थियो । उनीहरुले बारा पुगेर अक्सिजन भरेर काठमाण्डौका अस्पतालमा वितरण गरेका थिए ।

उनै, पल शाह अक्सिजन लिएर दाङ पनि पुगेका छन् । दाङको अस्पतालमा पनि अक्सिजन सिलिन्डर पुर्याएका पल लेख्छन्–‘म एक जनाले गर्दा अर्को एक जनाको ज्यान बचोस् । हामी निरन्तर, सेवामा छौं ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार